PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सूचनाबिनै कर्णालीको सामाजिक मन्त्रालय रित्तो, काम बन्ने आशमा सेवाग्राही धाउँदै - फर्कँदै 



पी बी खड्का

सूचनाबिनै कर्णालीको सामाजिक मन्त्रालय रित्तो, काम बन्ने आशमा सेवाग्राही धाउँदै - फर्कँदै 

सुर्खेत: कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय रित्तिएको छ। मंगलवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक औपचारीक कार्यक्रममा सचिवदेखि कर्मचारी व्यस्त हुँदा मन्त्रालय रित्तिएको हो। 

मंगलवार र बुधवार दिनभर औपचारीक कार्यक्रममा अल्मलिएपछि कार्यालयमका फाँट रित्तिएका हुन्।
 
मन्त्रालयको आयोजनामा भएको उद्यमशीलताका लागि कर्णाली सम्मेलन कार्यक्रममा कर्मचारी हुँदा मन्त्रालय रित्तो भएको हो।  मन्त्रालयको स्वास्थ्य महाशाखा, श्रम तथा रोजगार, महिला तथा बालबालिका अधिकार, शिक्षा, लगाएत सचिव, उप–सचिव, अधिकृत लगाएत अधिकांश कर्मचारीको फाँट बन्द छ। 

‘श्रम, सीप र रोजगार युवासँग सरकार’ भन्ने मुख्य नाराका साथ तामझामका साथ उक्त कार्यक्रममा भइरहेको छ।
 
यता, मन्त्रालयमा आउने सेवा ग्राही भने रित्तो हात फर्किन बाध्य भएका छन्। कार्यालयमा काम नहुनेबारे कुनै सुचना टाँस गरिएको छैन। वीरेन्द्रनगथर–६ नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक शिवप्रसाद सापकोटा रित्तो हात फर्कन बाध्य भए। 

बुधवार मन्त्रालयमा विहान करिव १० बजे पुगेका उनी १२ बजेसम्म मन्त्रालयको तलमाथि गर्दै थिए। तर, मन्त्रालयमा भने कर्मचारी नहुँदा रित्तै हात फर्किए। 

‘बिहान १० बजेतिर आएको अहिलेसम्म कर्मचारी नै हुनुहुन्न,’ उनले भने,‘कार्यालयमा अहिलेसम्म २/३ जना कर्मचारी मात्रै छन्। कतिबेला आउने हुन् थाहा छैन।’ उनले थपे,‘विद्यालयमा सिटिभिटिको कक्षा सञ्चालनको सिफारिस लिएको ओसी छ की भनेर आको अहिलेसम्म कोही भेटिनुहुन्न।’

उनी सिटिभिटिको सिफारिसको ओसी लिन मन्त्रालयमा पुगेका थिए। विद्यालयमा सिटिभिटिको कक्षा सञ्चालन गर्ने सिफारिस लिईसकेको तर, ओसी लिन उनी मन्त्रालयमा पुगेका थिए।
उनीजस्ता सेवाग्राही प्रतिनिधिमूलक मात्रै हुन्। मन्त्रालयमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य छन्।
 
मन्त्रालयकै आयोजनामा कार्यक्रम भएकाले प्रायः कर्मचारी सहभागी बनेको मन्त्रालयमा उपस्थित भएका एक कर्मचारीको भनाई थियो।
 
बुधवार दिउँसो सामाजिक विकास मन्त्री दल रावल हुम्ला दुर्घटनाको उद्दारका लागि गएका छन्। भने, उनको स्वकीय सचिव मात्रै कार्यकक्षमा रहेका छन्। अन्य कर्मचारी भने कार्यालयमा छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell