PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

दिनभर सशस्त्रको गोताखोर टोलीले खोज्दा पनि भेटिएन कर्णालीमा हराएको जीप

दिनभर सशस्त्रको गोताखोर टोलीले खोज्दा पनि भेटिएन कर्णालीमा हराएको जीप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दिनभर सशस्त्र प्रहरीको गोताखोर टोलीले कर्णालीमा खसेर हराइरहेका जीपका यात्रुहरूको खोजी गर्दा पनि फेला पार्न सकेन। बुधवार बिहान नेपाली सेनाको हेलिकप्टर गोताखोर लिएर हुम्ला पुगेको थियो। मंगलबार दिनभर खोजी गरिए पनि अवस्था यकिन भएको छैन।

सेनाको हेलिकप्टरले सशस्त्र प्रहरीका गोताखोर लिएर गएको हो। कुरिनटारबाट  प्रहरी निरीक्षक लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा ४ जना गोताखोर सहित १० जनाको टोली हुम्ला गएको हो। पानीको बहाब र चिसोको कारण खोजी कार्या भोलि बिहानसम्मको लागि स्थगित भएको छ।

मङ्गलवार हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा ५ मा करिब ४५ मिटर तल नदीमा खसेको थियो।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही), चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौँ थानकोटका मिस्त्री राजु श्रेष्ठ बेपत्ता भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell