PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

उत्तम सञ्जेलकी पत्नी कला र कर्मचारी तीर्थकुमारीलाई जिप्रकाको स्वीकृतिमा म्याद थप



पहिलोपोस्ट

उत्तम सञ्जेलकी पत्नी कला र कर्मचारी तीर्थकुमारीलाई जिप्रकाको स्वीकृतिमा म्याद थप

काठमाडौं : समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर नियन्त्रणमा लिएका दुई जना विरुद्ध प्रहरीले म्याद थप गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले जिल्ला प्रशासन कार्यालयबाट दुई जना विरुद्ध म्याद थप गरेको हो।

समता अस्पतालका संचालक उत्तम संजेलकी श्रीमती कला संजेल र कर्मचारी तीर्थकुमारी श्रेष्ठविरुद्ध अभद्र व्यवहार शीर्षकमा काठमाडौंक जिल्ला प्रशासनबाट म्याद थपिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले मंगलवार पक्राउ गरेका उत्तम संजेलको भने म्याद थपिएको छैन।

‘कुनै कारण फेला परेको छैन। त्यसैले म्याद थप भएन। दुई जना विरुद्ध भने घटना स्थलमा भेटिएको चिटको आधारमा म्याद थपिएको हो,' स्रोतले भन्यो।

मंगलवार बिहान अस्पतालभित्र रामेछाप दोरम्बा घर भएकी तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell