PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

मेस्सीको गोलमा अर्जेन्टिनालाई कोपा अमेरिकामा पहिलो अंक, दोस्रो चरण प्रवेश कठिन



पहिलोपोस्ट

मेस्सीको गोलमा अर्जेन्टिनालाई कोपा अमेरिकामा पहिलो अंक, दोस्रो चरण प्रवेश कठिन

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरी  खेलेको छ। बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग एक-एक गोलको बराबरी खेलेको हो।

अर्जेन्टिनाभन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दबाब बनाएको थियो। ३७औँ मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो। पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए। १–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भिएआरका कारण पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए।

पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए। त्यसपछि थप गोल हुन नसकेपछि दुबै टिमले एक-एक अंक बाँडेका हुन्।

पहिलो खेलमा कोलम्बियासँग पराजित अर्जेन्टिनालाई दोस्रो चरण प्रवेश गर्न कठिन बनेको छ। तालिकामा १ अंक जोडेको अर्जेन्टिना समूह बी'को चौथो स्थानमा छ। ६ अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ। अबको खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिनाले कतारलाई हराए अर्जेन्टिना दोस्रो चरणमा पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell