
राजापुरः बर्दियाको राजापुर नगरपालिका -३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गएराति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
सुतिरहेको अवस्थामा थारुको हत्या भएको प्रहरीले जनाएको छ। मृतकको घरमा उनी र उनकी बुहारीमात्र रहेको खुलेको छ। बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए।
उनका छोरा भने वैदेशिक रोजगारमा गएको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस