PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सडक कालोपत्रे नभएपछि क्षेत्रपाटी-ढल्कु सडक फेरि अवरुद्ध

सडक कालोपत्रे नभएपछि क्षेत्रपाटी-ढल्कु सडक फेरि अवरुद्ध

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: सहमतिअनुसार सडक कालोपत्रे नगरेको भन्दै स्थानीयहरुले क्षेत्रपाटी-ढल्कु सडक खण्ड अवरुद्ध गरेका छन्। ठेकेदार कम्पनी र वडालाई पटकपटक ताकेता गरेपनि सडक निर्माण नभएको भन्दै स्थानीयहरुले विहानदेखि सडक अवरुद्ध गर्दै बीच सडकमा नै बसेर सभा गरिरहेका छन्।

लामो समयदेखि बाटो पिच नभएको भन्दै वडा १७ को नेतृत्वमा नै स्थानीयले बाटो अवरुद्ध गरेका हुन्। यसअघि पनि सडकमा उत्रेपछि कालोपत्रे गरिने सहमति भएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell