PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

टी २० विश्वकप क्रिकेट छनोटको लागि नेपालको तयारी सुरु



पहिलोपोस्ट

टी २० विश्वकप क्रिकेट छनोटको लागि नेपालको तयारी सुरु

काठमाडौं : आइसीसी टी–२० विश्वकप क्रिकेटको एसियाली अन्तिम चरणको छनोटको लागि नेपाली टिमको प्रशिक्षण आजबाट सुरु भएको छ।

सिंगापुरमा आगामी जुलाई २२ देखि २८ सम्म हुने उक्त छनोटको लागि नेपालले कीर्तिपुरस्त टीयू मैदानमा बिहीवारबाट बन्द प्रशिक्षण सुरु गरेको हो। नवनियुक्त प्रशिक्षक उमेश पटवालले यस  क्याम्पबाट आफ्नो प्रशिक्षण सुरु गरेका छन्।

पटवालसँगै राष्ट्रिय टिमको कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अनिमुल इस्लाम रहेको छनोट समितिले नयाँ र पुराना गरी २५ खेलाडीलाई बन्द क्याम्पको लागि छनोट गरेको छ।

नेपालले सिंगापुरमा खेल्न जानुअघि मलेसियामा १० दिनको तयारी गर्ने भएको छ। त्यसक्रममा नेपालले दुई वटा टी २० खेल समेत खेल्ने प्रशिक्षक पटवालले बताएका छन्।

टी २० विश्वकप पुग्नको लागि नेपालको लागि यो दोस्रो चरणको क्वालिफायरको रुपमा रहेको छ। यसमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष हुने एक टिमले ग्लोबल क्वालिफायर खेल्नेछन। जहाँ १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट ६ टिम विश्वकपमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell