काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको बजाज पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट टर्कीस एअरलाइन्सले सहप्रायोजन गरेको छ।
बिहीवार एनएसजेएफले दुई संस्थासँग प्रायोजनसम्बन्धि सम्झौता गरेको हो।
कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र र घोराही सिमेन्ट इन्डस्ट्रीका निदर्शेक आदित्य संघाईले हस्ताक्षर गरे।
यस्तै अर्को सम्झौता पत्रमा एनएसजेएफ अध्यक्ष सुवेदी र टर्किस एअरलाइन्सका अब्दुल टनसेर केसीसीले हस्ताक्षर गरे।
सम्झौतापछि सगरमाथा सिमेन्टको उत्पादनकर्ता घोराही सिमेन्टले अवार्डको लागि नगद ५ लाख प्रदान गर्नेछ।
यस्तै टर्कीस एअरलाइन्सले अवार्डको महिला र पुरुष वर्ष खेलाडी विजेतालाई विश्वकै जुनसुकै गन्तव्यमा जानको लागि दुईतर्फ हवाई टिकट प्रदान गर्नेछ।
एनएसजेएफका अध्यक्ष सुवेदीले सबैको साथ र सहयोगले नै स्पोर्ट्स अवार्ड सफल भएको बताए।
एनएसजेएफले सगरमाथा सिमेन्टसंग लगातार दोस्रो पटक सहकार्य गरेको हो भने टर्कीस एअरलाइन्स पहिलो पटक अवार्डसंग जोडिन लागेको हो।
एनएसजेएफले यसअघि नै मुख्य प्रायोजक हंशराज हुलास चन्द एण्ड कम्पनीसंग सम्झौता नविकरण गरिसकेको छ भने दुई मुख्य सह प्रायोजकको रुपमा गोल्डस्टार र एक्सन स्पोर्ट एचडीसँग सम्झौता गरिसकेको छ।
यस पटक अवार्ड 'एनएसजेएफ इ एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार'को नामबाट सञ्चालन हुनेछ।
नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।
यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ।
यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।
पिपुल्स च्वाइसको अवार्डकका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।