PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री कप महिला क्रिकेट : सीताको अलराउण्ड प्रदर्शनमा एपीएफ विजयी



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला क्रिकेट : सीताको अलराउण्ड प्रदर्शनमा एपीएफ विजयी

कञ्चनपुर : सीता राना मगरले अलराउण्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ।

महेन्द्रनगरस्थित खुल्ला मन्चमा बिहीवार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको थियो।

उद्घाटन खेलमा गण्डकी प्रदेशलाई हराएको सुदूरको यो पहिलो हार हो।

एपीएफलाई सहज जित दिलाउन क्रममा सीताले अर्धशतक प्रहार गरिन्।

सुदूरले दिएको ९१ रनको लक्ष्य एपीएफले ११ ओभरमा पूरा गरेको हो। सीताले नटआउट ५१ रन बनाइन्। उनले ३५ बल खेल्दै ८ चौका प्रहार गरिन्। यस्तै ज्योती पाण्डेले ३१ बल खेल्दै ३ चौकाको मद्दतमा २८ रन जोडिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो। कविता जोशीले २९ रन बनाएको इनिङ्समा रेवती धामीले १९ र बिन्दुर रावलले ११ रन जोडिन्।

एपीएफका लागि सरिता मगर र सीता राना मगरले २-२ तथा रितु कनौजिया र करुणा भण्डारीले १-१ विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell