PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

रसुवागढी विद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ मजदुरको सकुशल उद्धार, ११ घन्टापछि  बाहिर निकालियो



पहिलोपोस्ट

रसुवागढी विद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ मजदुरको सकुशल उद्धार, ११ घन्टापछि  बाहिर निकालियो
फाइल फोटो

काठमाडौँः निर्माणाधीन रसुवागढी जलविद्युत आयोगको सुरुङमा थुनिएका १७ मजदुरको उद्धार गरिएको छ। सुरुङको प्रवेशमार्गमा सुख्खा पहिरो गएपछि थुनिएका मजदुरको करिब ११ घन्टापछि उद्धार गरिएको हो। सुख्खा पहिरो जाने क्रम भने अहिले पनि रोकिएको छैन।

रसुवाका प्रहरी प्रमुख भाग्यन्द्र पुरुष ढकालले सबै मजदुरको उद्धार गरिएको बताए। ढकालले भने ‘बिहान ७ बजेतिर सबै मजदुरको उद्धार गरिएको छ। सुख्खा पहिरो जाने क्रम भने रोकिएको छैन।’

सुरुङमार्गमा यसअघि ०७२ को विनाशकारी भूकम्पका क्रममा पनि सुख्खा पहिरो गएको थियो। सो क्रममा एक जना मजदुरको मृत्यु भएको थियो।

बिहीबार रातिको पहिरोमा परी ११ नेपाली र ६ जना चिनियाँ मजदुर थुनिएका थिए।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए। बिहीबार रातिदेखि उद्धार प्रयास जारी राखिए पनि शुक्रबार बिहान उद्धार गरिएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell