PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

पहिलोपटक विदेशी लिगमा छनोट भएका सोमपालका यस्ता छन् टिममेट, सन्दीपको टिममा युवराज, म्याकुलम र पोलार्ड



पहिलोपोस्ट

पहिलोपटक विदेशी लिगमा छनोट भएका सोमपालका यस्ता छन् टिममेट, सन्दीपको टिममा युवराज, म्याकुलम र पोलार्ड

काठमाडौँः नेपाली राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामी पहिलोपटक विदेशी लिगमा छनोट भएका छन्। क्यानडाको ग्लोबल टी-२० लिग २०१९ का लागि सन्दीप लामिछानेसँगै ड्राफ्टबाट छनोट भएका सोमपालले विश्वका ठूला नाम चलेका खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्न पाउने भएका छन्।

विदेशी लिगमा छनोट हुने दोस्रो नेपाली खेलाडी बनेका सोमपाललाई विनिपिग हक्सले ड्राफ्टबाट लिएको हो।

गत सिजन मोन्ट्रेलबाट खेलेका सन्दीप यस पटक टोरेन्टो नेशनलसँग आबद्ध भएका छन्। सन्दीप ६० हजार डलरमा अनुबन्ध हुँदा सोमपाल भने ३ हजार डलरमा अनुबन्ध भएका हुन्।

राष्ट्रिय टिमका मुख्य फास्ट बलर समेत रहेका सोमपाल अलराउण्डरका रूपमा चिनिन्छन्। टी-२० मा दशौँ नम्बरमा ब्याटिङ गर्दै विश्व कीर्तिमान समेत बनाएका सोमपालले विदेशी लिगमा खेल देखाउने अवसर पाएका छन्।

सोमपाल रहेको विनिपिग हक्समा वेष्ट इन्डिजका ड्वाने ब्राभो, अष्ट्रेलियाका क्रिस लिन लगायत ड्वाने स्मिथ, उमर अकमल, जेपी डुमिनी, शाइमन अनवर जस्ता खेलाडी छन्।

यस्तै सन्दीपको टोलीमा केही समयअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका भारतीय खेलाडी युवराज सिंह, काइरन पोलार्ड, ट्रेन्ट बोल्ट, हेनरिच क्लासेन, चिराग सुरी, कलुम म्याक्लोएड, क्रिस ग्रीन जस्ता खेलाडी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell