PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

महिला विश्वकप फुटबलः इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दै क्यामरुन अन्तिम १६ मा छनोट



पहिलोपोस्ट

महिला विश्वकप फुटबलः इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दै क्यामरुन अन्तिम १६ मा छनोट

अफ्रिकन राष्ट्र क्यामरुन फ्रान्समा भइरहेको फिफा महिला विश्वकपको फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह चरणको अन्ति खेलमा नाटकीय जितपछि एकमात्र खेल जितेको क्यामरुन तेस्रो भएका ६ टोलीमध्ये उत्कृष्ट चारभित्र पर्दै अन्तिम १६ को लागि छनोट भएको हो।

अजारा एनचौउटले थपिएको समयको अन्तिम मिनेटमा गोल गरेपछि क्यामरुनले न्यूजिल्याण्डलाई २-१ ले पराजित गरेको हो। यसअघि दुबै खेल हारे पनि अन्तिम समूह खेल जितेको क्यामरुनले समूह ई'मा तेस्रो स्थान हात पार्‍यो।

अजाराले नै ५७औँ मिनेटमा गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएकी थिइन्। तर अउरुले अवानाले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो।

क्यामरुनले अब प्रिक्वाटरफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ।

उत्कृष्ट तीनमा रहेर अन्तिम १६ मा पुग्नेमा ब्राजिल, चीन, क्यामरुन र नाइजेरिया छन्।

प्रिक्वाटरफाइनल खेल्ने १६ वटै टिमको टुंगो समेत लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell