PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बर्दी लगाएको फोटो देखाउँदै धम्की दिने 'नक्कली डिएसपी' पक्राउ



पहिलोपोस्ट

बर्दी लगाएको फोटो देखाउँदै धम्की दिने 'नक्कली डिएसपी' पक्राउ

काठमाडौः आफूलाई डिएसपी बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे घर भएका ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई पक्राउ गरेको महाशाखा एसएसपी सहकुल थापाले जानकारी दिए।

गौतमले सार्वजनिक स्थानमा हातपात गर्ने तथा कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। गौतमलाई काठमाडौँ नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो। गौतमले फेसबुकमा प्रहरीको बर्दी लगाएर फोटो समेत हालेको पाइएको छ।

गौतममाथि थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell