
कञ्चनपुर: राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको अलराउण्ड प्रदर्शनको मद्दतमा प्रदेश १ ले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
महेन्द्रनगरमा आज भएको खेलमा प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले पराजित गरेको हो। प्रदेश १ को लागि रुविनाले ४ विकेट लिनुका साथै नटआउट २६ रन बनाइन्।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ९ विकेट गुमाउँदै ७१ रन बनायो। तीन खेलाडीले मात्र दोहोरो अंङ्क जोडेको प्रदेश २ का लागि शान्ती चौधरीले १४ तथा शोभा आले र सरस्वती चौधरीले १३–१३ रन बनाइन्।
बलिङमा प्रदेश एककी कप्तान रुविना क्षेत्री ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिइन्।
जवाफमा प्रदेश एकले ७२ रनको लक्ष्य १४ ओभर दुई बलमा दुई विकेट गुमाउँदै पुरा गर्यो। सहज जित हात पार्ने क्रममा रुविना क्षेत्रीले नटआउट २६ रन बनाइने भने काजल श्रेष्ठले १९ र रोमा थापाले १४ रन बनाइन्। रुविना खेलको प्लेयर अफ दी म्याच बनिन्।