PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

मालिंगाले पछि पारे चामिन्दा भासलाई, विश्वकपमा सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा



पहिलोपोस्ट

मालिंगाले पछि पारे चामिन्दा भासलाई, विश्वकपमा सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा

श्रीलंकन फास्ट बलर लासिथ मालिंगा विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको चौथो स्थानमा उक्लेको छन्।

इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी विश्वकप २०१९ अन्तर्गत अहिले इंग्ल्याण्ड विरुद्धको खेलमा ३ विकेट लिएपछि मालिंगाले आफ्नै देशका चामिन्दा भासलाई पछि पार्दै चौथो स्थानमा उक्लेका हुन्।

मालिंगाले इंग्ल्याण्ड विरुद्ध ३ विकेट लिएपछि विकेट संख्या ५० पुगेको छ। भासको ४९ विकेट छ।

विश्वकपमा सर्वाधिक विकेट लिने कीर्तिमान अष्ट्रेलियन ग्लेन म्याग्राको नाममा छ। उनले ७१ विकेट लिएका छन्। यस्तै दोस्रो स्थानमा श्रीलंकाका मुथैया मुरलीधरन छन् भने तेस्रो स्थानमा पाकिस्तानका वासिम अक्रम छन्। मुरलीधरले ६८ र अक्रमले ५५ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell