PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश ५ को विजयी सुरुवात



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश ५ को विजयी सुरुवात

कञ्चनपुर : प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा प्रदेश ५ ले विजयी सुरुवात गरेको छ। शुक्रबार महेन्द्रनगरस्थित खुल्ला मैदानमा भएको दिनको दोस्रो खेलमा प्रदेश नम्बर ५ ले गण्डकीलाई ८ विकेटले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८.३ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाउन सक्यो। उसका लागि सुशिला गुरुङले सर्वाधिक २६, प्रमिला बानियाँले १७, सन्चा महरा र नमुना कार्कीले १३-१३ रन बनाइन्।

गण्डकीलाई अलआउट गर्न प्रदेश नम्बर ५ की कृष्णा मराशैनीले १८ रन खर्चेर ३ विकेट लिइन् भने शर्मीला मगर, बिना थापाले २-२ विकेट लिइन्।

७९ रनको लक्ष्य प्रदेश नम्बर ५ ले ८.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि हरे थापाले सर्वाधिक १९ बलमा २८ रन बनाईन्। उनले ५ चौका प्रहार गरिन्। त्यस्तै गिता गोसाईले २०, सरस्वती घर्ती मगरले १० तथा ममता १७, यशोदा विष्ट १५ र थापा मगरले ५ रनको योगदान गरिन्। प्रदेश नम्बर पाँचले प्रतियोगितामा १८ रन अतिरिक्त पाएको थियो।

गण्डकीका लागि शुसिला गुरुङले सात रन खर्चेर दुई विकेट लिए पनि टीमलाई जिताउन पर्याप्त भएन। उक्त खेलको म्यान अफ द म्याच प्रदेश नम्बर पाँच की कृष्ण मरासिनी भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell