PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कोपा अमेरिका : लगातार दुई खेल जित्दै साविक विजेता चिली क्वाटरफाइनलमा



पहिलोपोस्ट

कोपा अमेरिका : लगातार दुई खेल जित्दै साविक विजेता चिली क्वाटरफाइनलमा

साविक विजेता चिली कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह सी मा लगातार दुई खेल जित्दै चिलीले एक खेल अगाडि नै अन्तिम आठमा स्थान पक्का गरेको हो।

ब्राजिललमा भइरहेको प्रतियोगितामा चिलीले शनिवार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्‍यो।

चिलीको लागि जोस फुएन्जनलिडा र एलेक्स सान्चेजले एक-एक गोल गरे। इक्वेडरका लागि इनर भ्यालेन्सियाले एक गोल फर्काए।

८९औं मिनेटमा गाब्रीएल एचिलरले रातो कार्ढ पाएपछि इक्वेडर दश खेलाडीमा झरेको थियो।

समूह सी मा चिलीले यसअघि जापानलाई पराजित गरेको थियो। लगातार दुई जितपछि चिलीको ६ अंक छ। यस्तै दुई खेलबाटै उरुग्वेको ४ अंक छ। अब अन्तिम खेलमा चिली र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ। यस खेलमा विजयी हुने टिम समूह विजेता बन्नेछ। उरुग्वेसंग बराबरी मात्र खेलेपनि चिली समूह विजेता बन्नेछ। उरुग्वे विजयी भएमा भने उरुग्वे समूह विजेता र चिली समूह उपविजेता हुँदै क्वाटरफाइनल पुग्नेछ।

यस संस्करणमा १२ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। तीन वटै टोलीको समू विजेता र समूह उपविजेता सिधै क्वाटरफाइनल पुग्नेछन्। यस्तै तेस्रो हुने तीन मध्ये उत्कृष्ट दुई टोलीले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell