
३२औं संस्करणको अफ्रिकन कप अफ नेशन्समा इजिप्टले विजयी सुरुवात गरेको छ। शनिवार बिहान भएको खेलमा इजिप्टले जिम्बावेलाई १-० ले पराजित गरेको हो।
इजिप्टका लागि ४१औं मिनेटमा महमउद ट्रेजेग्वेटले एक मात्र गोल गरे। यस जितपछि इजिप्टले समूह ए मा ३ अंक जोडेको छ।
सर्वाधिक ७ पटकको च्याम्पियन इजिप्ट यस पटक घरेलु मैदानमै उपाधि जित्ने लक्ष्यमा छ। अफ्रिकाको ठूलो फुटबल प्रतियोगितामा पहिलो पटक २४ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।