PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

बास्केटबल लिग : सदिश र अनुशा 'मोस्ट भ्यालुएबल प्लेअर'



पहिलोपोस्ट

बास्केटबल लिग : सदिश र अनुशा 'मोस्ट भ्यालुएबल प्लेअर'

काठमाडौं : सदिश प्रधान र अनुशा मल्ल ठकुरी क्वीक्स नेपाल बास्केटबल लिगमा मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन्।

टाइम्स इन्टरनेशनल क्लबबाट खेलेका सदिश पुरुषतर्फ र नेपाल पुलिसबाट खेलेकी अनुशा महिलातर्फ सर्वोत्कृष्ट बने। दुवैले आफ्नो टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले।

राष्ट्रिय टिमका कप्तान समेत रहेका सदिशले टाइम्सको समेत कप्तानी गरेका थिए।

मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका सदिश र अनुशाले टर्किस एअरलाइन्सबाट प्रायोजन भएको टिकेट प्राप्त गरेका छन्।

 

उत्कृष्टहरु पुरुषतर्फ

मोस्ट भ्यालुएबल प्लेअर : सदिश प्रधान (टाइम्स इन्टरनेशनल क्लब)

हाइएस्ट स्कोरर : सदिश प्रधान (टाइम्स इन्टरनेशनल क्लब)

मोस्ट इम्प्रुभ्ड प्लेअर : राम कृष्ण घताने (आर्मी)

बेस्ट डिफेन्सिभ प्लेअर : विक्रम जोशी (टाइम्स इन्टरनेशनल क्लब)

बेस्ट कोच : प्रेम थापा (टाइम्स इन्टरनेशनल क्लब)

 

उत्कृष्टहरु महिलातर्फ

मोस्ट भ्यालुएबल प्लेअर : अनुशा मल्ल ठकुरी (पुलिस)

हाइएस्ट स्कोरर : एलाना मे लिन ( आइएसओ काइट्स)

मोस्ट इमर्जिङ प्लेअर : प्रतिक्षा मगर (साइपाल एकेडेमी)

बेस्ट डिफेन्सिभ प्लेअर : सदिना श्रेष्ठ  (समृद्धि गोरिल्लाज)

बेस्ट कोच : विनोद श्रेष्ठ (पुलिस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell