PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

क्रिकेट टिमका कप्तान पारस खड्का बास्केटबलमा समेत अब्बल, हेर्नुस फोटोमा

क्रिकेट टिमका कप्तान पारस खड्का बास्केटबलमा समेत अब्बल, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ब्याट र बल दुवैमा उत्तिकै अब्बल प्रदर्शन गर्छन्। तर धेरैलाई थाहा नहुन सक्छ उनी बास्केटबल खेल्छन् भनेर।

शनिवार भने दर्शक अगाडि कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत केही सेलेब्रेटीले संगै बास्केटबल खेले।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालले आयोजना गरेको क्वीक्स नेपाल बास्केटबल लिगको फाइनलको दिन शनिवार आयोजकले सेलेब्रेटी म्याच समेत आयोजना गरेको थियो।

उक्त खेलमा पारस खड्का र कलाकार प्रशान्त ताम्राकारको एक-एक टिम थियो। पारसको टिममा समृद्धि राई समेत थिए। यस्तै प्रशान्त, ज्ञानेन्द्र र आयुष्मा देशराज जोशी अर्को टिममा थिए।

खेल पारसको टिमले ४५-३१ ले जित्यो। खेलमा पारसले उत्कृष्ट प्रदर्शन समेत गरे। उनले आफ्नो टिमको लागि थ्री पोइन्ट समेत स्कोर गरेका थिए।

कलेज लेभलमा बास्केटबल र क्रिकेट संगै खेलेका पारस अहिले पनि बास्केटबलमा उत्तिकै अब्बल देखिए।

राष्ट्रिय खेलकुद परिषद्को कभर्भहलमा भएको उक्त म्याचमा करिब ४ हजार दर्शकले पारसको बास्केटबल कला समेत हेर्न पाए। पारस आफैँ पनि बास्केटबलमा उत्तिकै रमाइलो मानेर खेलिरहेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell