काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा भएको क्वीक्स नेपाल बास्केटबल लिग शनिवार सम्पन्न भएको छ। पुरुषतर्फ टाइम्स इन्टरनेशनल क्लब र महातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बने।
पुरुषको लिग लगातार दोस्रो पटक गरेको पीडीसीएनले यस पटक देखि महिला लिग समेत सुरु गरेको हो। होम ए०ड अवे को आधारमा भएको पुरुष लिगमा ८ टोली सहभागि थिए। यस्तै एउटै कोर्टमा लिगका खेलहरु भएपनि महिलातर्फ सहभगि ४ टोलीले डबल राउण्ड रोविन लिगमा खेले।
यस्तै पुरुषतर्फको प्लेअफका ३ खेलहरु बेस्ट अफ थ्री का आधारमा भए। फाइनलमा भने एउटा खेल मात्र भयो।
पुरुषको लिग चरणका खेलहरु सहभागि टिमले कोर्टमा भएको थियो भने महिलाको टाइम्स इन्टरनेशनल कलेजमा भएको थियो।
प्लेअफको खेलहरु र महिला पुरुष दुवैको फाइनल भने त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको हो।
प्राय कलेजमा खेलिने बास्केटबलमा शनिवार भने उल्लेख्य दर्शकको उपस्थिती थियो। दुई फाइनल अनी सेलेब्रेटी म्याच समेत भएकाले कभर्डहलमा करिब ३ हजार दर्शकले खेल हेरे। फाइनल पुगेका आ-आफ्नो ६मलाई समर्थन गर्न दर्शकहरु पुगेका थिए।
यस्तै पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रशान्त ताम्राकार, आयुष्मान जोशी लगायतले सेलेब्रेटी म्याच खेलेर मनोरन्जन समेत दिएका थिए।