PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

उपमेयरकै नेतृत्वमा नगरपालिका कार्यालय तोडफोड



पहिलोपोस्ट

महोत्तरीः महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गएराति तोडफोड भएको छ। गएराति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो। अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए।

तोडफोडका क्रममा उपप्रमुख पक्षका राजपा नेता ज्ञानु झा घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजना अनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले बताउँदै आएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell