PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विश्वकपमा ह्याट्रिक विकेट लिने भारतका शामी नवौँ खेलाडी, अहिलेसम्म क-कसले लिए ह्याट्रिक?



पहिलोपोस्ट

विश्वकपमा ह्याट्रिक विकेट लिने भारतका शामी नवौँ खेलाडी, अहिलेसम्म क-कसले लिए ह्याट्रिक?

इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी एक दिवसीय विश्वकप अन्तर्गत शनिवार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गर्दा मोहम्मद शामीले ह्याट्रिक विकेट लिए।

अफगानिस्तानी इनिङ्सको अन्तिम ३ विकेट लगातार लिँदै शामीले यस विश्वकपको पहिलो ह्याट्रिक पूरा गरे। उनले ५०औं ओभरको तेस्रो बलमा मोहम्मद नावी, चौथो बलमा अफताव आलम र पाँचौ बलमा मुजिरउर रहेमानलाई आउट गरे।

शामी विश्वकप क्रिकेटमा ह्याट्रिक लिने नवौँ खेलाडी हुन् भने समग्रमा यो दशौँ ह्याट्रिक हो।

श्रीलंकन लासिथ मालिंगाले दुई पटक ह्याट्रिक विकेट लिएका छन्।

विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी पनि भारतकै चेतन शर्मा हुन्। उनले सन् १९८७ मा न्यूजिल्याण्ड विरुद्ध यो सफलता हात पारेको थिए।

यस्तै मालिंगा दुई फरक विश्वकपमा ह्याट्रिक लिने एक्ला खेलाडी हुन्। उनले सन् २००७ मा दक्षिण अफ्रिका र २०११ मा केन्या विरुद्ध ह्याट्रिक लिएका थिए।

श्रीलंकाकै अर्का खेलाडी चामिन्दा भासले २००३ मा बंगलादेश विरुद्ध ह्याट्रिक लिएका थिए।

यस बाहेक पाकिस्तानका सकलान मुस्ताक, अष्ट्रेलियाका ब्रेट ली, वेष्ट इन्डिजका केमर रोच, इंग्ल्याण्डका स्टेभन फिन र दक्षिण अफ्रिकाका जेपी डुमीनीले पनि ह्याट्रिक विकेट लिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell