PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

एएफसी कपका कारण ललित स्मृति यू १८ च्याम्पियनसिप एक साता पछिमात्र



पहिलोपोस्ट

एएफसी कपका कारण ललित स्मृति यू १८ च्याम्पियनसिप एक साता पछिमात्र

काठमाडौं: ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको खेलमिति एक साता पछि सरेको छ।

एएफसी कप २०१९ अन्तर्गत घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब र भारतको चेन्नायीय एफसीबीचको खेल आगामी बुधवार एन्फा कम्पेल्क्स मैदानमा हुने भएकोले यू-१८ चयाम्पियनसिपपछि सारिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

नयाँ तालिकाअनुसार अब असार ९ गतेको खेल असार १५ गते हुनेछ। बाँकी खेलहरु पनि त्यही अनुसार सर्दै जानेछ।

चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिप पनि एन्फा कम्पेल्कसमा भइरहेको छ।

जेठ २९ गतेबाट सुरु भएको ललित स्मृति च्याम्पियनसिपको पहिलो दिन उद्घाटन खेलमात्र भएको थियो। गत शुक्रवार दुई खेल भयो भने आज एक खेल भइसकेको छ भने अर्को खेल हुँदैछ।

एन्फाका पूर्व उपाध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा भइरहेको यस प्रतियोगितामा ए डिभिजनका १४ क्लबको युवा टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

पहिलो पटक एएफसी कप खेलिरहेको मनाङले समूह्य ई को अन्तिम खेल घरेलु मैदानमा खेल्न लागेको हो।

मनाङले यसअघि भारतमा खेलेको खेलमा चेन्नायीन एफसीसँग हार बेहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell