PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्त्रालयका सचिवलाई टेर्दैनन् कर्णाली स्वास्थ्य महाशाखाका प्रमुख  : नेमप्लेटमा सधैं व्यस्त, तर भेटिदैनन् कार्यालयमा  



पी बी खड्का

मन्त्रालयका सचिवलाई टेर्दैनन् कर्णाली स्वास्थ्य महाशाखाका प्रमुख  : नेमप्लेटमा सधैं व्यस्त, तर भेटिदैनन् कार्यालयमा  

सुर्खेत: कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य महाशाखा अस्तव्यस्त अवस्थामा रहेको छ। भौतिक पूर्वाधार अभावले अटाईनअटाई गरेर बसेको महाशाखा पछिल्लो समय महाशाखा प्रमुखको लापरवाही र मनपरीले लथालिङ्ग बनेको हो।
 
संवेदनशील स्वास्थ्य क्षेत्रमा काम गर्ने कार्यालय प्रमुख नै बेमतलवी, मनपरी गर्ने प्रवृत्तिले स्वास्थ्य महाशाखा बेहाल बनेको छ। कार्यालयमात्रै नभएर सेवाग्राहीले समेत सास्ती खेप्नुपर्ने बाध्यता छ। महाशाखा प्रमुख वृषबहादुर शाही प्रायः कार्यालयमा भेटिँदैनन्। 

उनको कार्यकक्षको नेमप्लेटमा व्यस्तमात्र लेखिएको हुन्छ। उनी अधिकांश समय कार्यालयमा आउँदैनन्। यदि कहिलेकाही कार्यालयमा आईहाले हाजिर लाउने र बाहिर निस्किहाल्ने मन्त्रालयका एक कर्मचारीले बताए।  

गत जेठ २९, ३०, ३१ असार २ गते लगातार पुग्दा पनि कार्यकक्षमा भेटिएनन् उनी।  कार्यालय नआउने मात्रै होइन गरेको फोन समेत ‘रेस्पोन्स’ गर्दैनन् उनी। यद्यपि उनी सुर्खेत वीरेन्द्रनगरमै हुन्छन्। कार्यालयका कर्मचारीले भन्ने गर्छन्,‘यतै हुनुहुन्छ होला, अहिले आइहाल्नुहुन्छ।’ यो भनाईले गर्दा दैनिक एकदेखि २ घण्टा कुर्दा समेत उनी आइपुग्थेनन्।

पटक पटक फोन गर्दासमेत उनी सम्पर्कमा आउँदैनन्। सकेसम्म फोन ‘रिसिभ’ गर्दैनन् भने फोन उठाइहालेमा पनि बोल्दैनन्। 

यसरी महाशाखा प्रमुख शाहीलाई सूचना मागका लागि निरन्तर ‘फलोअप’ गरें। सूचनाको हकको नियम बमोजिम निवेदन दिँदासमेत उनले सूचना दिन आलटाल गरे। सूचना नै दिएनन्। उनले सूचना दिन आनाकानी गरेपछि मन्त्रालयका सचिव डा.मानबहादुर विकेलाई सम्पर्क गरी निवेदन दिएको करिब १० दिनमा कार्यालयका अन्य कर्मचारीमार्फत सूचना प्राप्त भयो। 

 

सचिवलाई टेर्दैनन् महाशाखा प्रमुख
  

महाशाखा प्रमुख वृषबहादुर शाहीले मन्त्रालयका सचिवलाई समेत टेर्दैनन्। सचिवले गरेको निर्देशनसमेत लत्याउँछन् उनी। मन्त्रालयका सचिव विकेसँग सूचनाको हक प्रयोग गर्दासमेत सूचना नपाएको गुनासो गर्दा उनले तत्काल कर्मचारीलाई भनी सूचना उपलब्ध गराउने आश्वासन दिए।

‘स्वास्थ्यको सम्पूर्ण विवरण महाशाखामै हुने हुँदा उहाँले दिनुहुन्छ’ सचिव विकेले भने,‘म तत्काल महाशाखा प्रमुखज्युलाई भनेर सूचना उपलब्ध गराउन भन्छु।’ त्यत्तिमात्रै नभएर सचिव विकेले थपे, ‘वेभसाइटमै राख्नुपर्ने सूचना हो। दिन मिल्ने सूचना जसरी पनि उपलब्ध गराउनुपर्छ।’

निरन्तर प्रयासपछि महाशाखा प्रमुख शाहीले शुक्रवार दिउँसो करिव १२ बजेट कार्यालयमा भेट्न बोलाए। तर, उनी कार्यकक्षमा भेटिएनन्। फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसक्ने ‘मुड’ मा थियो।  यसरी जालझेलमा महाशाखा सम्हालेका शाहीले सेवा भन्दा बढी सास्ती दिँदै आएको सर्वसाधारणको गुनासो छ।
 
कार्यकक्षमा महाशाखा प्रमुख नभएरै जेठ ३० गते रित्तो हात फर्किन बाध्य थिइन् रिता पौडेल। के काम भन्ने बारे नखुलाएपनि उनी महाशाखा प्रमुखको पर्खाइमा थिइन्।
 
यसरी महाशाखा प्रमुख दैनिक कार्यकक्षमा नहुँदा दुःख पाइरहेका छन्। प्रत्यक्ष जनतासँग सरोकार राख्ने स्वास्थ्य महाशाखा प्रमुखको यो हालले सेवाग्राहीको बेहाल भएको छ। यसरी जनताको सेवा गर्न आएका कर्मचारीले नै कार्यालयमा नभेटिँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell