PahiloPost

May 15, 2025 | २ जेठ २०८२

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ 



एम बम

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ 

कैलाली: कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका – ७ स्थित पटेला जंगलमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको कैलाली प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा धनगढी– १५ का २४ वर्षीय विजय चौधरी, सोही ठाउँका ४० वर्षीय झगडु चौधरी र धनगढी उप–महानगरपालिका ७ का कुट्टु चौधरी रहेका छन्।

उनीहरूले शनिवार बेलुका घरमै खेलिरहेकी एक किशोरीलाई मोटरसाइकलमा राखेर वडा नम्बर ७ स्थित पटेला जङ्गलमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। बलात्कारपछि किशोरीले आफ्नी आमालाई घटनाबारे बताएको र आमाले प्रहरीलाई बताएपछि प्रहरीले लगत्तै टोली परिचालन गरी तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बस्नेतको भनाइ छ।

किशोरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell