PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

ललित स्मृति यू १८ च्याम्पियनमा आर्मी र पुलिस विजयी



पहिलोपोस्ट

ललित स्मृति यू १८ च्याम्पियनमा आर्मी र पुलिस विजयी
पुलिसका लागि दुई गोल गरेका सन्जु सेन, फोटो : एन्फा

काठमाडौं : दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसले चौथो ललित स्मृति यू-१८ च्याम्पियनसिपमा आइतवार जित हात पारेका छन्।

सन्जु सेनको दुई गोल मद्दतमा पुलिसले जावालखेललाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। यस्तै आर्मीले फ्रेण्ड्सलाई २-० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सन्जुले खेलको १६औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। जावालखेलका लागि कप्तान सचु गुरुङले ३०औं मिनेटमा बराबरी गोल फर्काए।

खेल बराबरीतर्फ अगाडि बढिरहेको बेला सन्जुले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई जिताए।

जितपछि समूह सी मा पुलिसले ३ अंक जोडेको छ।

आइतवारैको पहिलो खेलमा आर्मीले फ्रेण्ड्सलाई पराजित गर्दै समूह बी मा ३ अंक जोडेको छ।

आर्मीको लागि बिशाल बस्नेतले चौथो मिनेटमा पहिलो गोल गरेका थिए। जय अधिकारीले ३४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। दोस्रो हाफमा भने कुनै टिमबाट पनि गोल भएन र आर्मी २-० ले विजयी भएको हो।

जेठ २९ गते उद्घाटन भएको च्याम्पियनसिपमा शनिवार र आइतवार २-२ खेल भए। एएफसी कप अन्तर्गत मनाङ मर्स्याङ्दी र चेन्नायीन एफसीबीचको खेल एन्फा कम्प्लेक्समा आगामी बुधवार हुने भएकोले ललित स्मृति च्याम्पियनसिप एक साता पछि सरेको छ। अब असार १५ गतेबाट खेल पुन: सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell