PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

गाडीको ठक्करबाट महोत्तरीमा वृद्धको मृत्यु



पहिलोपोस्ट

महोत्तरीः महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ। एकाबिहानै सम्सी गौशाला सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो।

गाडीको ठक्करबाट निजको मृत्यु भएता पनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। टाउकोमा गम्भीर रुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताए।

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell