PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

‘लैबरी सिङगिङ स्टार’को चौथो संस्करण हुँदै



पहिलोपोस्ट

‘लैबरी सिङगिङ स्टार’को चौथो संस्करण हुँदै

बालबालिका केन्द्रित गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चौथो संस्‍करण हुने भएको छ। आयोजक सनसाइन प्रोडक्शन हाउसले प्रतियोगिताका लागि नुवाकोट, धादिङमा र काठमाडौंमा अडिसन सम्पन्न गरिसकेको छ।

आगामी अडिसनहरु चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४ गते हुने जानकारी आयोजकले दियो। दुई अडिसन सम्पन्न भए लगत्तै नयाँ शहरहरुको अडिसन मिति तय हुने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन्। बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास विकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को आयोजना गरेको उनको तर्क छ।


‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहने छन्।

प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell