PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

हतियार सहित विप्लव कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

हतियार सहित विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं : प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध पाँच जनालाई हतियारसहित पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर १२ घर भएका अशोक राई, कानेपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने सुदिप भन्ने कंश धिमाल र उर्लाबारीका केन्द्रलाल धिमाललाई पक्राउ गरेको हो। केन्द्रलाल धिमाललाई भने प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

पक्राउ परेपछि धिमालको कोठामा लुकाई राखिएको अवस्थामा अटोमेटिक पेस्तोल (हतियार) दुई थान, ऐ म्याग्जिन चार थान ४ र गोली १४ राउन्ड फेला पारेको प्रहरीले जनाएको छ। सोमबार पक्राउ परेका धिमालको घरबाट भने प्रहरीले तीन नाल भरुवा बन्दुक लोड गरेको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेका राई जिल्ला जनपरिषद् प्रमुख रहेको तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको प्रहरीले दाबी गरेको छ।  कंश २०६६ सालमा उर्लाबारी मङ्गलवारे स्थित सुनचाँदी पसलमा लुटपाट घटनामा डाँका मुद्दा चलाएको,२०६६ सालमा दमक, झापाको लक्ष्मी बैङ्क लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका उनीहरू विरुद्ध हातहतियार तथा खरखजाना कसुरमा म्याद  थप  गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell