PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सिन्धुलीमा कार दुर्घटनाः एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

सिन्धुलीमा कार दुर्घटनाः एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते

सिन्धुलीः सिन्धुलीको सुनकोशी गाउँपालिका -२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई घाइते भएका छन्।

दुर्घटनामा कार चालक दीपक लामिछानेकी पत्नी काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

यस्तै दुर्घटनामा कार चालक दीपक र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको प्रहरीले जनाएको छ। विपी राजमार्ग अन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell