PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नेमार फेरि बार्सिलोना जाने, ५ वर्षको सम्झौता!



पहिलोपोस्ट

नेमार फेरि बार्सिलोना जाने, ५ वर्षको सम्झौता!

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा खुशी रहन नसकेका ब्राजिलयन स्टार फुटबलर नेमार आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने भएका छन्।

नेमारले स्पानिस जायन्ट बार्सिलोनासंग ५ वर्षको सम्झौता समेत गरेको स्पानिस मिडियाले जनाएको छ। स्पानिस पत्रिका स्पोर्ट्सका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्६मेउ र नेमारबीच ५ वर्षको मौखिक सम्झौता भएको हो।

र नेमारले उक्त अफर स्वीकार गरिसकेको पनि उक्त मिडियाले दावी गरेको हो।

बार्सिलोना फर्कने आतुर रहेको नेमारले आफ्नो तलबमा समेत ५० प्रतिशत घटाउने जनाइएको छ।

बार्सिलोनाबाट सन् २०१७ मा नेमार कीर्तिमानी १९८ मिलियन पाउण्डमा पीएसजी गएका थिए। फ्रान्सेली लिग वान क्लबमा सोचेजस्तो गर्न गर्न नसक्नु र बारम्बार चोटले सताइएपछि नेमार त्यहाँ खुशी रहन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell