PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सर्वाधिक विकेट लिनेमा स्टार्क अगाडि, ग्लेन म्याग्राको कीर्तिमान बराबरी गर्न ७ विकेट आवश्यक



पहिलोपोस्ट

सर्वाधिक विकेट लिनेमा स्टार्क अगाडि, ग्लेन म्याग्राको कीर्तिमान बराबरी गर्न ७ विकेट आवश्यक

अष्ट्रलिया देब्रे हाते तीब्र गतिका बलर मिचेल स्टार्टकले आइसीसी विश्वकप क्रिकेट २०१९ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन्। मंगलबार घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दा स्टार्क र जासोन बेहरोनडपले उत्कृष्ट बलिङ गरे। यी दुई देब्रे हाते बलरले ९ विकेट लिँदा स्टार्कले ४ विकेट लिए।

उक्त ४ विकेटपटि स्टार्क इंग्ल्याण्ड र वेल्समा भइरहको १२औं संस्करणको विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि रहेका छन्। उनले ७ खेलबाट १९ विकेट लिइसकेका छन्। स्टार्कले एक पटक ५ र दु२ पटक ४ विकेट लिएका छन्।

चार वर्षअई घरेलु मैदानमा भएको विश्वकपमा अष्ट्रलियालाई च्याम्पियन बनाउँदा उनले २२ विकेट लिएका थिए। न्यूजिल्याण्डका ट्रेन्ट बोल्टसमान विकेट लिएका स्टार्क म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए। यस विश्वकपमा पनि स्टार्कले उत्कृष्ट लयलाई कायम राख्दै विपक्षीको विकेट झारिरहेका छन्।

स्टार्कलाई अब आफ्नै देशका लेजेण्ड ग्लेन म्याग्राले बनाएको कीर्तिमान भंग गर्न सक्ने बलरको रुपमा हेरिएको छ। एकै विश्वकपमा सर्वाधिक विकेट लिने।

म्याग्राले सन् २००७ को विश्वकपमा २६ विकेट लिएका थिए। उक्त विश्वकपमा उनले ११ खेल खेले। यस पटक पनि विश्वकपको फर्याटकोका कारण एउटा खेलाडीले लिग चरणमै ९ खेल खेल्न पाउनेछन् र सेमिफाइनल फाइनल पुग्मा ११ खेल नै खेल्न पाउँछन्। अष्ट्रेलिया सेमिफाइनल पुगिसकेकोले स्टार्कले अझै खेल्न पाउनेछन्।

म्याग्राको कीर्तिमानलाई छुन स्टार्क अब ७ विकेटले मात्र टाढा छन्। त्यसअघि उनले चार वर्षकअघिको आफ्नै कीर्तिमान बराबर गर्नुपर्नेछ। यस्तै अष्ट्रेलियाकै शन टैटले २००७ मै २३ विकेट लिएका थिए। श्रीलंकाका मुथैया मुरलीधरन र चामिन्दा भासले पनि एकै विश्वकपमा २३ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell