PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु, चालकले हाम फालेर ज्यान जोगाए !



पहिलोपोस्ट

ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु, चालकले हाम फालेर ज्यान जोगाए !

अछामः चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। से १ त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन्।

मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए।

 ट्र्याक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन्। अन्य चार घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell