PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

'सानो मन'को रिलीज टार्गेट फेरियो



पहिलोपोस्ट

'सानो मन'को रिलीज टार्गेट फेरियो

काठमाडौं: फिल्‍म 'सानो मन' युनिटले रिलिज टार्गेट पर सारेको छ। असार २० गते प्रदर्शनमा आउने भनेको फिल्म एक साता ढिला सार्वजनिक हुने भएको हो।

प्राविधिक पाटोको काम बाँकी रहेकाले असार २७ गते मात्र रिलिज हुने फिल्म निर्माता राजेन्द्र मानन्धरले बताए।

सुयोग गुरुङको डेब्यू निर्देशन रहेको फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ।

समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस फिल्मलाई आलोक शुक्लाले खिचेका छन्।

म्युजिकल लभस्टोरी रहेको फिल्म काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा खिचिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell