PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नेपाल भलिबल संघका उपाध्यक्ष सुवेदीले लिए सपथ, एभीसी सेन्ट्रल जोनका लागि ढोरपाटनको सहयोग



पहिलोपोस्ट

नेपाल भलिबल संघका उपाध्यक्ष सुवेदीले लिए सपथ, एभीसी सेन्ट्रल जोनका लागि ढोरपाटनको सहयोग

काठमाडौं : नेपाल भलिबल संघका उपाध्यक्ष पदमा मनोनीत भएका कुमार राज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन्। राजधानीमा बुधवार भएको कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सुवेदीलाई सपथ गराएका थिए। 

३९ सद्यीय संघको कार्यसमितिमा निर्वाचनबाट ५ उपाध्यक्ष नियुक्त भएको र दुई जना मनोनित गर्न पाउने प्रावधान अनुसार सुवेदीलाई मनोनित गरिएको संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए। अर्का उपाध्यक्ष पदमा भने यसअघि नै रन्जन खड्कमा मनोनित भइसकेका छन्।

संघका महासचिव जीतेन्द्रबहादुर चन्दले नेपाली भलिबल राष्ट्रिय खेल भएसँगै यसका गतिविधिहरुले झनै निरन्तरता पाएको बताउँदै देशको प्रतिष्ठासँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियसिपका लागि सबैको साथ आवश्यक रहेको बताए।

यसैगरी नवनियुक्त उपाध्यक्ष कुमारराज सुवेदीले अहिले सम्मको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने प्रतिबद्धता जनाए। उनी भलिबलमा आउनु अघि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नर भएर काम गरेका व्यक्ति पनि हुन्। आफ्नो योग्यता र क्षमता अनुसार नेपाली भलिबको विकासका लागि सहयोग गर्ने बताए।

अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली भलिबको विकासका लागि सुवेदीको आगमनले जगमा एउटा ‘इट्टा’ थपिएको धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell