PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

पृथ्वी राजमार्ग मध्यरातदेखि अवरुद्ध, सडकमा बालुवा र लेदो जम्यो



पहिलोपोस्ट

पृथ्वी राजमार्ग मध्यरातदेखि अवरुद्ध, सडकमा बालुवा र लेदो जम्यो
फाइल फोटो

धादिङः माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग बिहीबार रातिदेखि अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका -६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो। लेदोमा केही सवारीसाधन समेत फँसेका छन्।

 सडकभन्दा माथि बालुवा निकालिएको छ। बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो। राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए।

सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन्। रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell