PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

अफ्रिकन कप : नाइजेरिया र इजिप्ट एक खेल अगावै प्रि-क्वाटरफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप : नाइजेरिया र इजिप्ट एक खेल अगावै प्रि-क्वाटरफाइनलमा
गोल गरेपछि इजिप्टका मोहमद सलाह

घरेलु टोली इजिप्ट र नाइजेरिया अफ्रिकन कप अफ नेशन्स २०१९ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

समूह चरणमा लगातार दोस्रो जित हात पारेपछि दुवै टोलीले एक खेल खेल्नुअघि नै नकआउट राउण्डमा स्थान पक्का गरेका हुन्।

समूह बी मा लगातार दोस्रो जित हात पार्ने क्रममा नाइजेरियाले गिनियलाई १-० ले पराजित गर्‍यो। नाइजेरियाका लागि केनेथ ओमेरुले ७३औं मिनेटमा एक मात्र गोल गरे।

नाइजेरियाले पहिलो खेलमा पनि बुरुण्डीलाई १-० ले नै पराजित गरेको थियो।

नाइजेरिया यस संस्करणमा प्रिक्वाटरफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ।

यस्तै घरेलु टोली इजिप्टले डिआर कंगोलाई २-० ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरेको हो। इजिप्टका लागि अहेमद अल मोहमेदीले २५औ र मोहमद सलाहले ४३औं मिनेटमा गोल गरे। यसै समूहको अर्को खेलमा युगान्डा र जिम्बावेले एक-एकको बराबरी खेले।

पहिलो पटक २४ टिमले प्रतिस्पर्धा गरिरहेको अफ्रिकन कपमा ६ समूहबाट शीर्ष दुई टोली सिधै प्रिक्वाटरफाइनल पुग्नेछन् भने तेस्रो हने ६ टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि समूह चरण पार गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell