PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

प्रदेश २ का ६ जिल्ला कमिटीलाई ने क पाले दियो पूर्णता, को-को परे मनोनयनमा?



पहिलोपोस्ट

प्रदेश २ का ६ जिल्ला कमिटीलाई ने क पाले दियो पूर्णता, को-को परे मनोनयनमा?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले प्रदेश नम्बर २ का ६ जिल्लाको प्रदेश कमिटीलाई पूर्णता दिएको छ। केन्द्रमा पार्टी एकताको काम अल्झिरहेका बेला प्रदेश २ ले ६ जिल्लामा कमिटी सदस्य चयन गरेको हो।

प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरीको कमिटीलाई पूर्णता दिइएको हो।

प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलको संयोजनमा नामावली टुंगिएको हो। मनोनयनको जानकारी प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ।

निर्णय अनुसार पर्सामा अध्यक्षसहित ८५ सदस्य साबिकको एमालेबाट मनोनयन गरिएको छ। यस्तै, सचिवसहित ८० सदस्य तत्कालीन माओवादी केन्द्रका छन्।

यस्तै, बाराको १६५ सदस्यीय जिल्ला कमिटीमा अध्यक्षसहित ८० जना तत्कालीन माओवादी केन्द्रको भागमा परेको छ। सचिवसहित ८५ जना तत्कालीन एमालेको कोटाबाट मनोनीत भएका छन्।

रौतहटमा पनि १६५ सदस्यीय नै जिल्ला कमिटी गठन भएको छ। जसमा साबिक एमालेबाट ८० र माओवादी केन्द्रबाट सचिवसहित ८५ जना मनोनीत भएका छन्। जिल्ला अध्यक्ष एमालेको भागमा परेको छ।

सर्लाही जिल्ला कमिटी अध्यक्षसहित ८१ सदस्य पूर्व एमालेबाट मनोनीत भएका छन्। १६५ सदस्यीय कमिटीमा सचिवसहित ८४ जना तत्कालीन माओवादी केन्द्रबाट मनोनीत भएका छन्।

सिरहा जिल्ला कमिटीमा अध्यक्षसहित ८२ जना तत्कालीन माओवादीबाट मनोनीत भएका छन्। सचिवसहित ८३ जना तत्कालीन एमालेबाट मनोनीत भएका छन्। सिरहाको जिल्ला कमिटी पनि १६५ सदस्यीय नै छ।

यस्तै, सप्तरी जिल्ला कमिटीमा अध्यक्षसहित ८१ पूर्व माओवादी केन्द्र र सचिवसहित ८४ जना तत्कालीन एमालेबाट मनोनयनमा परेका छन्।

यी हुन् मनोनयनमा पर्नेहरू

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell