PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

एसइईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ नतिजा



पहिलोपोस्ट

एसइईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ नतिजा

काठमाडौँः परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्दैछ। नतिजा सार्वजनिक अघि दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ। बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिनेछ।

२०७५ चैत १० गतेदेखि परीक्षा सञ्चालन भएको थियो। देशभरबाट चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी छन्।

 

यसरी हेर्नुस् नतिजा

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्। यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्।

यस्तै, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ। नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell