PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

स्पोर्ट्स अवार्डलाई क्राउन प्लाजाको सह-प्रायोजन



पहिलोपोस्ट

स्पोर्ट्स अवार्डलाई क्राउन प्लाजाको सह-प्रायोजन

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि होटल क्राउन प्लाजाले साथ दिने भएको छ।

नेपाली खेलक्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रमका लागि एनएसजेएफले बिहीवार सह–प्रयोजकको रुपमा होटल क्राउन प्लाजासंग प्रायोजन सम्झौता गरेको हो।

स्पोर्ट्स अवार्डको १६औं संस्करण यही असार १७ गते हुँदैछ। जसमा खेलक्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गरिनेछ।

अवार्डका लागि पहिलो पटक एनएसजेएफसंग जोडिएपनि क्राउन प्लाजाले नेपाली खेलकुदसंग सहकार्य गर्दै आएको छ।

बिहीवार भएको सम्झौता पत्रमा एनएसेजएफका अध्यक्ष दुर्गा नाथ सुबेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले हस्ताक्षर गरे।

सह-प्रायोजन सम्झौता एक वर्षको लागि हुनेछ। सम्झौता अनुसार क्राउन प्लाजाले अवार्ड कार्यक्रम र एनएसजेएफको एजिएमका लागि सहयोग गर्नेछ।

सम्झौतापछि क्राउन प्लाजाको प्रबन्ध निर्देशक श्रेष्ठले अनौपचारिक रुपमा नेपाली अवार्डसंग काम गर्दै आएको भएपनि औपचारिक रुपमा जोडिन पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि अझै सहकार्य गर्ने र नेपाली खेलकुदको विकासका लागि मिलेर काम गर्ने बताए।

श्रेष्ठले यो सहयोग नगदमा कन्भर्ट गर्दा ४ लाख भन्दा बढी हुने बताए।

यस्तै एनएसजेएफका अध्यक्ष सुवेदीले लकुद क्षेत्रसंग जोडिदै आएको क्राउन प्लाजा अवार्डसंग औपचारिक रुपमा जोडिनु सुखद पक्ष रहेको बताए।

१६ औं संस्करणको अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। अवार्डका विभिन्न ५ विधाको मनोनयन समेत सार्वजनिक भइसकेको छ। उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell