PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

उप-मेयर कप महिला फुटबल: विराटनगर महानगरपालिका च्याम्पियन



पहिलोपोस्ट

उप-मेयर कप महिला फुटबल: विराटनगर महानगरपालिका च्याम्पियन
फोटो : एन्फा

काठमाडौं : विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिताको बिहीवार भएको फाइनलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्दै विराटनगर पहिलो संस्करणकै च्याम्पियन बनेको हो।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट छिनोफानो भएको हो।

जसमा विराटनगरकी रेखा पौडेल, ईमा राई, बिद्या राना र मनमाया लिम्बुले गोल गरिन्। बाह्रबिसेकी रुबिना पहरीले मात्र गोल गरिन्। बाह्रबिसेकी सुष्मा तामाङ र अनु राईले पेनाल्टीमा गोल गर्न सकेनन्।

त्यसअघि निर्धारित समयमको खेलमा बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिईन् भने विराटनगरकी जमुना मगरले गोल गरेकी थिईन्।

चयाम्पियन विराटनगरले ट्रफीसंगै नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेता बाह्रबिसेले ३ लाखमा चित्त बुझायो।

यस्तै विराटनगरलाई च्याम्पियन बनाएकी राष्ट्रिय टिमकी समेत सदस्य रहेकी रेखा पौडेल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिएकी छिन्। रेखाले २५ हजार नगदसहित ट्रफी हात पारिन्।

यस्तै उत्कृष्टको व्यक्तिगत विधातर्फ भने बाह्रबिसेका खेलाडीको वर्चस्व रह्यो। विराटनगरकी कल्पना कार्की उत्कृष्ट गोलकिपर, बाह्रबिसेकी सरिता शेर्पा उत्कृष्ट डिफेन्डर, बाह्रबिसेकी रजनी श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र बाह्रबिसेकै पार्वती घले उत्कृष्ट फरवार्ड घोषित भइन्। विराटनगरका पारस चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए। उत्कृष्टले १०-१० हजार प्राप्त गरे।

अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell