PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

मण्डलामा ‘मैनदानी’  



पहिलोपोस्ट

मण्डलामा ‘मैनदानी’  

काठमाडौँ: एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’माथि नेपाली नाटक ‘मैनदानी’ बनेको छ। मण्डला थिएटर अनामनगरमा आउँदो शुक्रबार, असार १३ गतेबाट नाटक मञ्चन हुँदैछ।

नाटकको नेपाली रुपान्तरण तथा निर्देशन संयोग गुरागाईँले गरेका हुन्। कथामा कला र त्यससँग जोडिएका विभिन्न सामाजिक एंव मनोवैज्ञानिक आयामहरुले आकर्षित गरेका कारण उक्त कथामा आधारित नाटक बनाएको उनले बताए। नाटकमा कलालाई समाजका विभिन्न पात्रहरुको कोणबाट हेरिएको छ।

सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, अंकित खड्का, विकास पन्त​, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय रहेको छ। 

साउन ५ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा सुरु हुनेछ। निर्माता युनिक केसीका अनुसार शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell