PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'आइफा अवार्ड २०२०' काठमाडौंमा हुने



पहिलोपोस्ट

'आइफा अवार्ड २०२०' काठमाडौंमा हुने

आगामी वर्षको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) अवार्ड यो वर्ष नेपालमा हुने भएको छ। काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी अवार्ड समारोह हुन लागेको हो।

असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको हो।

नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको हो।

सन् २००० बाट सुरु गरिएको यो अवार्ड समारोह पहिलोपटक लन्डनमा आयोजना गरिएको थियो। यो वर्षको कार्यक्रम भने थाइल्यान्डमा भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell