PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

आर्मीका भलिबल प्रशिक्षक कपिल श्रेष्ठको राजीनामा



पहिलोपोस्ट

आर्मीका भलिबल प्रशिक्षक कपिल श्रेष्ठको राजीनामा

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीको भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।

भलिबल प्रशिक्षणमा साढे तीन दशकभन्दा बढी समयमको अनुभव रहेका श्रेष्ठले पछिल्लो समय आर्मीको महिला र पुरुष टिम हेर्दै आएका थिए।

श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै प्रशिक्षकबाट राजीनामा दिएको र त्यसलाई सेनाले स्वीकृत गर्दै श्रेष्ठलाई पत्र समेत पठाएको छ।

श्रेष्ठले यही असार ६ गते इमेल मार्फत राजीनामा शैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रलाई पठाएको थियो। केन्द्रका केन्द्रपति शशि किरण रायमाझीले श्रेष्ठको राजीनाम स्वीकृत गरिएको व्यहोराको पत्र श्रेष्ठलाई पठाइसकेका छन्।

श्रेष्ठले २०७४ साल देखि आर्मीको महिला र पुरुष टोलीलाई प्रशिक्षण दिँदै आएका थिए।

नेपालको राष्ट्रिय टिम र सबै विभागीय टिमको समेत प्रशिक्षण सम्हालिसकेका श्रेष्ठले लामो समय प्रशिक्षणमा बिताइसकेको र अब केही समय आराम लिन चाहेको बताए। 'अहिले केही थाकेको छ। केही समय आराम लिन्छु तर भलिबलबाट टाढा हुन्न।' श्रेष्ठले पहिलोपोस्टसंग भने।

उनले पछिल्लो दुई वर्ष आर्मीको प्रशिक्षक रहँदा आफ्नो कार्यकाल सफल रहेको बताए। 'समग्रमा राम्रो रह्यो। केटाहरु प्रधानसेनापति कपमा च्याम्पियन भए। यस्तै केटीहरुको टिम पनि पहिलो पटक फाइनलसम्म पुग्न सफल भयो। दोस्रो, तेस्रो भयो।' उनले भने।

अहिले नेपाल भलिबल संघले बन्द प्रशिक्षणका लागि छनोट गरेको २५ जनामा आर्मीको खेलाडी धेरै पर्नुले पनि आफूलाई खुशी मिलेको उनले सुनाए। 'राष्ट्रिय टिमको बन्द प्रशिक्षणको लागि पुरुषतर्फ १० र महिलातर्फ ६ जना पर्न सफल भएका छन्। यो एपीएफको भन्दा बढी (महिलामा) हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell