PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

कोपा अमेरिका : ब्राजिल १२ वर्षपछि सेमिफाइनलमा, पाराग्वे पेनाल्टी सुटआउटमा पराजित



पहिलोपोस्ट

कोपा अमेरिका : ब्राजिल १२ वर्षपछि सेमिफाइनलमा, पाराग्वे पेनाल्टी सुटआउटमा पराजित

घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रवार बिहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

२००७ मा उपाधि जितेको ब्राजिल त्यसयता पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो। २०११ र २०१५ को संस्करणमा ब्राजिल क्वाटरफाइनलमा पाराग्वेसंग नै हारेको थियो। २०१६ मा भने ब्राजिलले समूह चरण समेत पार गर्न सकेन।

घरेलु मैदानमा खेलिरहेको ब्राजिलले पाराग्वेलाई हराउने भने निकै संघर्ष गर्नुपर्‍यो। ५८औं मिनेटमा फाबियल भल्बुएनाले राता कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो। एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे विरुद्ध गोल गर्न सकेन।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो।

जसमा ब्राजिलले ४ प्रहारलाई गोलमा परिणत गर्दा पाराग्वेको एउटा प्रहार मात्र गोल भयो।

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि विलियन, मार्क्वन्होस, फिलिप काटिन्हो र गाब्रिएल जेससले गोल गरे। रोवर्टो फिर्मिनोको प्रहार पोष्ट भन्दा बाहिर गएको थियो।

यस्तै पाराग्वेका लागि मिगुएल अल्मिरोन, ब्रुनो भाल्डेज र रोड्रिगो ररोजासले गोल गरे। पाराग्वेको पहिलो प्रहार गरेका गुस्ताभो गोमेजको प्रहार ब्राजिलका एलिसन बेकरले रोकेका थिए। यस्तै डेर्लिस गोन्जालेजको प्रहार भने बाहिरिएको थियो।

ब्राजिलले अब सेमिफाइनलमा अर्जेन्टिना र भनेजुएलाबीच हुने क्वाटरफाइनलको विजेतासंग खेल्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell