
काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रदेश लिग फुटबल आगामी आइतवार देखि प्रदेश १ मा सुरु हुँदैछ। नेपाल संघिय संरचनामा गएपछि फुटबलको पनि प्रदेश स्तरिय फुटबल हुन लागेको हो।
र यसको सुरुवात प्रदेश १ बाट हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रदेश नम्बर १ को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस लिगमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन्।
१४ जिल्लाको क्लबलाई ३ समूहमा विभाजन गरेर खेलाइने मुख्य मन्त्री कप प्रदेश लिग फुटबल, प्रदेश नम्बर १ का अध्यक्ष तथा एन्फा प्रवक्ता किरण राईले जनाएका छन्।
जसअनुसार समुह क मा मोरङ, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा रहेका छन्। यस समुहका सबै खेल उदयपुरको थरुहट रंगशालामा हुनेछ। समूह ख मा रहेका तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरी छन्। यस समूहका खेल धरान रंगशालामा हुनेछ।
यस्तै इलामको ठूलो टुडिखेलमा हुने समूह ग मा झापा, इलाम, पाँचथर र ताप्लेजुङ रहेका छन्।
तीन वटै समह्यूमा शीर्ष दुई स्थानमा रहने टोली अन्तिम चरणमा प्रवेश गर्नेछन् र ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। अन्तिम चरणका खेलहरु विराटनगरको सहिद रंगशालामा हुनेछ।
अन्तिम चरणमा दुई समूहमा बढी अंक प्राप्त गर्ने एक-एक टोली फाइनलमा पुग्नेछन्। च्याम्पियन टोलीले ५ लाख, उपविजेताले ३ लाख प्राप्त गर्नेछन्।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १ लाख प्राप्त गर्नेछ। विधागततर्फ उत्कृष्ट खेलाडीले २५-२५ हजार हात पार्नेछन्।
प्रदेश लिग सञ्चालन गर्न एन्फाले ३३ लाख र प्रदेश एक सरकारले १ करोड विनियोजन गरेको छ।
यस्तो छ खेल तालिका: