PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

युवतीलाई यातना दिएको आरोपमा ‘धर्तीमाता’ दाबी गर्ने महिला पक्राउ



पहिलोपोस्ट

युवतीलाई यातना दिएको आरोपमा ‘धर्तीमाता’ दाबी गर्ने महिला पक्राउ

काठमाडौः आफूलाई धर्तीमाता बताउँदै युवतीलाई यातना दिने एक महिला पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुल्मी घर भइ बुटवल बस्ने ३२ वर्षीया विष्णु कुवँरलाई पक्राउ गरेको हो।

उनलाई शुक्रवार बालाजुबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनले गत असार ५ गते भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुवँरको खोजी गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell