PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’



पहिलोपोस्ट

पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’

पोखरामा ‘टेस्ट अफ हार्मोनी, धुनहरुमा तारादेवी र अरुणा लामा’ आयोजना हुने भएको छ। गायिकाहरुको संस्था ‘हार्मोनी: द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ले उक्त सांगीतिक कार्यक्रम आयोजना गरेको हो।

आउँदो असार २१ गते शनिवार पोखरामा कार्यक्रम हुने भएको हो। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका दुई महिला तारादेवी र अरुणा लामाहरुलाई ट्रिब्यूट दिन लागिएको हो। जहाँ उनीहरुको गीत पोखराका सक्रिय महिला गायिकाहरुले गाउने छन्।

सांगीतिक कार्यक्रममा अरुणा लामा तथा तारादेवीका लोकप्रिय कालजयी गीतहरु प्रस्तुत गरिने आयोजक संस्थाकी अध्यक्ष तथा गायिका ईतु जोजिजुले बताएकी छिन्।

गायिकाहरु ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ आदिले आफ्नो विशेष प्रस्तुती दिनेछन्।

कार्यक्रममा यी गायिकाहरुलाई पोखराकै लोकप्रिय गायकहरु कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ तथा ज्ञान थापाले पनि साथ दिने छन्।

यसैबीच सांगीतिक कार्यक्रमकै क्रममा आयोजक संस्थाले ३ जना गायिकाहरुलाई सम्मान गर्ने भएको छ। समारोहमा दार्जीलिङकी गायिका दावा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा कलाकार रत्न दासलाई योगदानको कदर गर्दै सम्मान गरिने छ भने उदीयमान गायिका जोनिशा पौडेललाई प्रोत्साहन सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell