PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

कराते टिमलाई केल्मीको साथ



पहिलोपोस्ट

कराते टिमलाई केल्मीको साथ

काठमाडौं :अन्तर्राष्ट्रिय खेल पोसाक उत्पादक ब्राण्ड केल्मी अब कराते खेलसँग पनि जोडिएको छ। केल्मी नेपालले १३औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली कराते टोलीलाई खेलकुद सामाग्री प्रायोजन गरेको हो। केल्मी नेपालले यसअघि फुटबललाई प्रायोजन गर्दै आएको छ। केल्मी नेपाली राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी उत्पादन कम्पनीसमेत हो।

शुक्रवार नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक बिक्री वितरक कामारु ट्रेडिङ प्रालिबीच सम्झौता भएको हो।

कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र महासंघका सहअध्यक्ष दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता दुई वर्षको लागि भएको हो। सम्झौतापछि केल्मीले कराते महासंघलाई २ लाख बराबरको खेल सामाग्री उपलब्ध गराएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा भएको कार्यक्रममा केल्मी नेपालले सागका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खेल सामाग्री हस्तान्तरण गरेको हो।

केल्मी र कराते महासंघबीच भएको सम्झौताअनुसार १३औं सागमा सहभागी हुने खेलाडीलाई केल्मीको सामाग्रीमा २० प्रतिशत छुट र स्वर्ण जितेमा खेलाडीहरुलाई ३० प्रतिशत छुट दिने पनि जनाएको छ।

१३औं सागका लागि तयारी गरिरहेका नेपाली कराते टिमको २१ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरी कूल २४ जनालाई केल्मीको खेलकुद सामाग्री प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell